महन्थ ठाकुरले बनाए सम्धीलाई महामन्त्री, सम्धिनीलाई सांसद

यसअघि राजनीतिमा संलग्न नै नभएकी सम्धिनी इन्दिरा झालाई संविधानसभा सदस्य (हाल सांसद) बनाएका अध्यक्ष ठाकुरले सम्धी झालाई शुक्रबार कार्यसम्पादन समितिको वैठकबाट पार्टी महामन्त्री नियुक्त गरेका हुन् ।
अध्यक्ष ठाकुरकी छोरीको विवाह केही वर्षपहिले झाका छोरासँग भएको थियो । वैठकको निर्णयअनुसार पछि संशोधन गर्ने प्रावधान राखेर महामन्त्री र सहमहामन्त्रीहरु चयन गरिएको प्रवक्ता विमल श्रीवास्तवले बताए ।
झासँगै महामन्त्रीमा विजय सिंह, चन्दा चौधरी र जितेन्द्र सिंह तथा सहमहामन्त्रीमा सुरेन्द्र झा, असिममियाँ अन्सारी र राम प्रवेश वैठा थपिएका छन् ।
नागरिक दैनिकबाट