
-ध्रुवसागर शर्मा, ईमेज
म्याग्दीको भुरुङ तातोपानी ८ ठूलो बगरका बुद्धी पुन, नारायण पुन र डिलकुमारी राई पुनले सिंगापुरमा सिकेको सीपको सदुपयोग गर्दै गाउँमै कृषि उद्यम सञ्चालन गरेका हुन् ।
विदेशमा मासिक ९० हजार रुपैयाँ कमाई हुने नोकरी छाडेर स्वदेश फर्किएका उनीहरुले १३ लाख रुपैयाँ लगानी गरेर स्थापना गरेको बाख्रा फार्म अहिले जिल्लामै नमूना बनेको छ ।
सिंगापुरको होटलमा तीन वर्ष काम गरेकी डिलकुमारी र एक वर्ष काम गरेर स्वदेश फर्किएका बुद्धीले गाउँमै रहेका नारायणसँग मिलेर बाख्रापालन थालेका थिए ।
सुरुमा ३५ वटा बाख्रा पालेर व्यवसाय थालेका उनीहरुको फार्ममा हाल एक सय बाख्रा छन् । उनीहरुले बाख्रासँगै हाँस, माछा, कुखुरा पालन र तरकारी खेती पनि गरिरहेका छन् ।
खसी किन्न ग्राहक गोठमै आउने भएकाले बजारको समस्या नरहेको र आगामी दिनमा व्यवसाय बिस्तार गर्ने उनीहरुको छ ।
विदेशमा होटलमा काम गर्दा मासुको बजारबारेमा जानकारी पाएपछि नेपाल आएर उक्त सीपको प्रयोग गरेको उनीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्