राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता, साँझ शीर्ष नेताहरुसँग भेट्ने « Image Khabar


राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता, साँझ शीर्ष नेताहरुसँग भेट्ने


Imagekhabar
८ माघ २०७३, शनिबार १३:१६

राष्ट्रपति भवन शीतल निवासमा शनिबार बिहान भएको भेटवार्तामा समसामयीक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपति भण्डारीलाई स्थानीय चुनावको मिति घोषणा गर्ने विषयमा दलहरुबीच छलफल भइरहेको जानकारी गराएका हुन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख चार दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

बैठकमा स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्