Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


त्रिकोणीय महिला क्रिकेटको उपाधि बाराले जित्यो


0
Shares

शनिबार भएको फाइनलमा काठमाडौंलाई २८ रनले पराजित गर्दै बाराले उपाधि जितेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बाराले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै ९४ रन जोड्यो ।

जवाफमा काठमाडौंले १६ ओभर ५ बलमा सबै विकेट गुमाएर ६७ रनमात्र बनाउन सक्यो ।

उपाधिसँगै बाराले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले १० हजारमा चित्त बुझाएको छ ।