कम्पनीले रिभरसाइड स्प्रिङ रिसोर्ट, कुरिनटारमा यही जनवरी २० देखि २१ गरी दुई दिनसम्म उक्त यात्राको आयोजना गरेको थियो ।
शुरुका ६० जना खरिदकर्ता तथा ७० भन्दा बढी बाइकको उपस्थितिसँगै टिभिएसको शोरुम, नक्शालदेखि सुरु भएको उक्त र्याली पहिलो दिन रिभरसाइड स्प्रिङ रिसोर्टमा पुगी समाप्त भएको थियो ।
सो अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवाल तथा मार्केटिङ प्रमुख विक्रम पौडेलले हरेक चालकलाई २० हजार रुपैयाँ पर्ने रेसिङ गियर कम्पनीका तर्फबाट वितरण गरेका थिए ।
मिडियाकर्मीहरुको समेत उपस्थितिमा सम्पन्न उक्त अवसरमा आयोजित लाइभ ब्याण्ड, डिजे शेशन तथा स्टण्ट शोको माहौलले सहभागी सबैलाई उत्साहित बनाएको थियो । सो अवसरमा सहभागीहरुले त्रिशुली नदीमा रोमाञ्चक ‘ह्वाइट वाटर र्याफ्टिङ’को समेत मजा लिएका थिए ।
दर्जनौं बाइक तथा टिभिएसको ब्राण्डेड रेसिङ गियरका साथमा फिर्ता भएका सहभागीहरु राजधानी काठमाडौं आउने क्रममा देखिएको दृश्यले सबैको ध्यान आकृष्ट गरेको थियो ।
लामो प्रतिक्षापछि बजारमा आएको यस बाइकलाई सबैभन्दा पहिला खरिद गरी सहयोग गर्ने ग्राहकहरुलाई थप हौसला प्रदान गर्ने उद्देश्यले जगदम्बा मोटर्सले यस कार्यक्रमको आयोजना गरेको थियो । कम्पनीले भविष्यमा समेत आफ्ना ब्राण्डलाई थप सशक्त बनाउँदै समस्त ग्राहकहरुसँगको सम्बन्धलाई समेत अझ बलियो तथा सुदृढ पार्दै लैजाने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्