
यसदिन नेप्से ३ अंकले बढेपनि कारोबार भने ३० करोड पनि पुगेन । नेप्से ३ अंकले सुधारिएर १४ सय ६५ विन्दुमा पुग्यो ।
वाणिज्य बैंकमा ५ अंक एवं अन्य समूहमा पनि साढे २ अंकको सुधार आएसँगै नेप्से सकारात्मक रहेको हो ।
यसदिन बीमा, होटल र उत्पादनमुलक समूह पनि हरियो रहे । जलविद्युत, विकास बैंक र बीत्त समूह भने ऋणात्मक रहे ।
यसदिन १ सय ३२ कम्पनीको ७ लाख कित्ता शेयर २९ करोड ९१ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्