Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


धितोपत्र निश्कासनमा एएसबीए प्रणाली कार्यान्वयन, उत्साहप्रद सहभागिता


0
Shares

यसको सहजीकरणका लागि धितोपत्र बोर्डले उपत्यकाका विभिन्न स्थानहरुमा ६ वटा तथा उपत्यका बाहिरका विभिन्न स्थानहरुमा ४ वटा टोली खटाई निरीक्षण भइरहेको जनाएको छ ।

उक्त प्रणाली हाल ऐच्छिक भएता पनि उपत्यकाभित्र र बाहिर एएसबीए प्रणालीमा लगानीकर्ताहरुले उत्साहप्रद रुपमा सहभागिता जनाइरहेको बोर्डले जनाएको छ ।

उक्त प्रणाली कार्यान्वयनको क्रममा कुनै समस्या तथा द्विविधा पर्न आएमा बोर्डलाई जानकारी गराउन सम्बन्धित पक्षहरुलाई बोर्डले अनुरोधसमेत गरेको छ । हाल २३ बाणिज्य बैंक तथा ११ वटा विकास बैंकहरुले ७३ जिल्लामा रहेका करिव १७ सय शाखा कार्यालयहरुमार्फत धितोपत्रको सार्वजनिक निष्काशनको बखत दरखास्त संकलन कार्य गर्न बोर्डबाट अनुमति प्राप्त गरेको जनाइएको छ ।