मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा सुरुमा ५ सय जनालाई रोजगारी सिर्जना सम्बन्धी कार्यक्रम संचालन गर्ने जनाइएको छ । प्रत्येक प्रदेशमा एक÷एक वटा औद्योगिक क्षेत्र स्थापना गर्ने सम्बन्धी मन्त्रालयको योजनामा ७ वटामध्ये ६ वटा प्रदेशमा ३/३ वटा र एउटामा ४ वटा प्रस्ताव परेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले औद्योगिक क्षेत्र स्थापना गर्ने विषयमा डिपीआर फिजिविलिटी सर्भेका लागि प्रस्ताव आह्वान गरेको थियो ।
उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्योग विभागबाट सम्पादित कार्यमा व्यापक सुधार आएको भन्दै मन्त्रालयको ध्यान अब गुणस्तर तथा नापतौलतर्फ केन्द्रित रहेको बताए ।
मन्त्रालयले फागुन पहिलो साता अल्लोको प्रवर्द्धन गर्न ५८ वटा जिल्लामा कार्यक्रम गर्ने जनाएको छ । अल्लो प्रशोधन केन्द्र स्थापनाका लागि २२ जिल्लामा नेपाली प्राविधिकहरुबाट उत्पादित मेसिनको प्रयोग गर्न लागेको पनि मन्त्रालयले जनाएको छ ।
उद्योग मन्त्रालयले उद्यमी बनी राष्ट्रको समृद्धिमा योगदान, सहिदहरुप्रति श्रद्धाञ्जली जस्ता विभिन्न कार्यक्रम गर्ने पनि जनाएको छ । सहिद दिवसको सप्ताहमा पर्ने शनिबारको दिनमा पनि श्रमलाई सम्मान गर्दै सबै कार्यालयहरु खुला राख्ने निर्णय उद्योग मन्त्रालयले गरेको छ ।









प्रतिक्रिया दिनुहोस्