Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


चेल्सी, आर्सनल र साउथ ह्याम्पटन विजयी


0
Shares

लिग तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले हल सिटीलाई २–० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टा र गेरी केहिलले एक–एक गोल गरे ।

यो खेलमा चेल्सीका डिफेन्डर केहिलसँग ठोक्किँदा हल सिटीका डिफेन्डर रायन मेसन घाईते भएका छन् । टाउकोको हड्डी भाँचिएपछि मेसनलाई अक्सिजन मास्क लगाएर मैदानबाट बाहिर निकालिएको थियो ।

उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रिमियर लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा आर्सनलले बर्नलेलाई २–१ ले हरायो । खेलमा आर्सनलका लागि खोद्रान मुस्ताफी र अलेक्सिस सान्चेजले एक–एक गोल गरेका थिए ।

बर्नलेका लागि एण्डी ग्रेले एक गोल गरेका हुन् ।

प्रिमियर लिगकै अर्को खेलमा साउथह्याम्पटनले लेष्टर सिटीलाई ३–० ले हरायो ।

गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २२ खेलबाट ५५ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ । ४७ अंकको साथ आर्सनल दोस्रो स्थानमा उक्लिएको छ भने तेस्रो स्थानको टोटनह्याम हट्सपरको ४६ अंक छ ।