२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


जामेहले मुलुक छाडेसँगै ‘१ करोड डलरभन्दा बढी रकम गायब’


0
Shares

नयाँ राष्ट्रपति अदामा बरोका सल्लाहकार मे अहमद फातीले जामेहले पछिल्लो दुई सातामामात्रै राज्यकोषबाट १ करोड ११ लाख अमेरिकी डलर गायब पारेको जिकिर गरेका छन् ।

गाम्बियाको राज्यकोष लगभग खाली रहेको र त्यसले आर्थिक संकट ल्याएको उनको भनाइ छ । तर, यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

जामेहले सुविधायुक्त र आरामदायी सामानका लागि जथाभावी खर्च गरेको आरोपसमेत लगाइएको छ ।

शनिबार राति मुलुक छोड्दै गर्दा जामेहले आरामदायी कार र अन्य सामानहरु मालबाहक विमानमा हालेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

२२ वर्ष शासन गरेका जामेह शनिबार राति निर्वासनका लागि गिनी उडेका थिए ।

गत डिसेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजित भएका जामेह क्षेत्रीय नेताहरुको चर्को दबाबपछि हार स्वीकार गरी मुलुक छाड्न बाध्य भएका थिए ।

राष्ट्रपति बरो भने सेनेगलमै छन् र उनी कहिले स्वदेश फर्कन्छन् भन्ने स्पस्ट भइसकेको छैन । (एजेन्सी)