Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


केन्याविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीलाई ह्वाटमोरले प्रशिक्षण दिने


0
Shares

आइसीसी विश्व क्रिकेट लिगअन्तर्गत् केन्याविरुद्ध हुने खेलका लागि नेपाली टोलीलाई प्रशिक्षण दिन श्रीलंकन नागरिक ह्वाटमोर नेपाल आएका हुन् ।

श्रीलंकालाई एक दिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाएका ह्वाटमोरलाई ‘ब्याट एन्ड बल फाउन्डेसन’ले केन्याविरुद्धको खेलका लागि नेपाल ल्याएको हो ।

सोमबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दै फाउन्डेसनले ह्वाटमोरलाई नेपालमा स्वागत् गरेको छ ।

कार्यक्रममा ब्याट एन्ड बल फाउन्डेसनको औपचारिक उद्घाटनसमेत गरिएको थियो ।

यसअघि पाकिस्तान, बंगलादेश, जिम्बाबे तथा इन्डियन प्रिमियर लिग (आइपीएल)को टोली कोलकाता नाइट राइडर्सलाईसमेत प्रशिक्षण दिइसकेका ह्वाटरमोरलाई विश्व क्रिकेट जगतको उत्कृष्ट प्रशिक्षक मध्येका एक मानिन्छ ।

अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय खेलसमेत खेलेका ह्वाटमोरले नेपाली टोलीकोबारेमा त्यति धेरै जानकारी नभएपनि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको बलियो सम्भावनाकोबारेमा आफू जानकार रहेको भन्दै नेपाली टोलीसँग जोडिन पाउँदा आफू निकै उत्साहित रहेको बताए ।

यस्तै, नेपाली टोलीका कप्तान पारस खड्काले ह्वाटमोरजस्तो विश्वस्तरीय प्रशिक्षकसँग नेपाली खेलाडीले प्रशिक्षण गर्न पाउनु निकै ठूलो कुरा भएको बताए ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् केन्याविरुद्ध नेपालले आगामी फागुन २८ र ३० गते दुईओटा एकदिवसीय खेल खेल्नेछ ।