२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


निजी शैक्षिक संस्थाद्वारा गुणात्मक शिक्षा प्रदान : मन्त्री पोखरेल


0
Shares

काठमाडौं, फागुन २८ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले निजी शैक्षिक संस्थाहरुले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाले आगामी दिनमा पनि राज्यले उनीहरुको लगानी सुरक्षित गर्ने बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १४औं राष्ट्रिय अधिवेशनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले निजी शैक्षिक संस्थाहरुलाई विस्थापित गर्न नखोजेको स्पस्ट पारे ।

मन्त्री पोखरेलले राज्यले व्यवस्थित शिक्षा दिन नसकिरहेका बेला निजी संस्थाले गुणात्मक शिक्षा प्रदान गरेकाले सार्वजनिक संस्थाले पनि यसबाट सिक्नुपर्ने बताए ।

उनले उच्चशिक्षाको क्षेत्रमा पनि निजी शैक्षिक संस्थाहरुलाई प्रभावकारी भूमिकाका साथ अघि आउन आग्रह गरे ।

कार्यक्रममा शिक्षा पत्रकार, विद्यार्थीलगायत अर्गनाइजेसनका सदस्यहरुलाई सम्मान गरिएको थियो ।