२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त यादवबीच छलफल


0
Shares

                                                                                                 फाइल फोटो

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा निर्वाचनका लागि सरकारले अवलम्बन गर्नुपर्ने नीति र आवश्यक कानुन तथा प्राविधिक तयारीकाबारेमा कुराकानी गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले व्यवस्थापिका–संसदमा विचाराधीन विधेयकलाई पारित गराउने विषयमा आफूले विशेष पहल गरिरहेको जानकारी गराउँदै आयोगलाई आफ्नोतर्फबाट निर्वाचनको तयारी गर्न प्रमुख आयुक्त यादवलाई अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनकाबारेमा प्रमुख तीन दलबीच सहमति भइसकेको, मधेसकेन्द्रित दलसँग सहमति जुटाएर एकाध दिनभित्रै निर्वाचनको मिति घोषणा गरिने जानकारी गराउँदै प्रधानमन्त्रीले दाहालले कुनैपनि द्विविधा नराखी निर्वाचनको तयारी गर्न प्रमुख निर्वाचन आयुक्त यादवलाई आग्रह गरेका हुन् ।

स्थानीय निकाय पुनःसंरचना आयोगले प्रतिवेदन बुझाइसकेको र सरकार निर्वाचनका लागि आतुर रहेको स्पस्ट पार्दै प्रधानमन्त्रीले संविधान कार्यान्वयनको पहिलो सर्त नै निर्वाचन भएको बताएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि १०० दिन आवश्यक रहेकाले सरकारले तत्काल निर्वाचन कानुन बनाउन आग्रह गरेका थिए । रासस