
सार्वजनिक स्थलमा महिलालाई जिस्काउने घटना कयौं विकसित मुलुकमा बारम्बार देख्ने–सुन्ने गरिन्छ । बलात्कारका बढ्दो घटनाले कयौं मुलुक चिन्तित छन् । तर विश्वमा एउटा यस्तो मुलुक पनि छ, जहाँ महिलालाई हेर्ने दृष्टिकोण नै भिन्न हुन्छ ।
उक्त मुलुकमा महिलाले आफ्नोमात्र होइन, देश र नागरिकको सुरक्षा पनि गर्दछन्, त्यो पनि पुरुषकै हाराहारीमा ।
इजरायल त्यस्तो मुलुक हो, जहाँको सेनामा महिला र पुरुषको संख्या लगभग बराबरी छ ।
इजरायलमा प्रत्येक घरबाट एकजना सेनामा भर्ती हुन अनिवार्य छ । विद्यालयस्तरकै पढाइका क्रममा विद्यार्थीलाई सैन्य तालिम दिइन्छ । इजरायलले कुल जनसंख्याको झण्डै आधा हिस्सालाई सेना बनाएको छ ।
त्यहाँ कुनै यस्तो घर हुँदैन, जहाँ घातक हतियार नहोस् । परिवारको कुनै न कुनै सदस्यले घातक हतियार चलाउन जानेकै हुन्छ ।
दुश्मनलाई उसकै घरमा गएर मार्ने पहिचान बनाएको इजरायली सेनामा ‘मोसाद’ नामक गुप्तचर संस्था पनि छ, जसमा महिलाको संख्या निकै बढी छ ।
करिब ८६ लाख जनसंख्या भएको यो मुलुकमा ३१ लाखको हाराहारीमा सैनिक छन् । तीमध्ये पुरुषको संख्या १५ लाख ५४ हजार छ भने महिलाको संख्या १५ लाख १४ हजार छ ।
इजरायलमा सैन्य तालिममा पनि महिला र पुरुषमा कुनै भेदभाव गरिदैंन ।
सन् १९४८ मा अरब राष्ट्रसँग भएको युद्धका क्रममा इजरायलले महिलालाई पनि सेनामा लिन थालेको हो । पुरुषको संख्या कम भएपछि करिब २० हजार महिलालाई सेनामा भर्ती गरिएको थियो ।
उक्त युद्धमा इजरायलविरुद्ध जोर्डन, लेबनान, इजिप्ट, यमन, साउदी अरबजस्ता मुलुक थिए । युद्धमा इजरायली महिलाले निर्वाह गरेको सशक्त भूमिकाका कारण त्यहाँ निरन्तर महिलालाई सेनामा भर्ती गर्न थालिएको हो ।
हाल प्यालेस्टाइनबाट बारम्बार हुने आक्रमणका कारण इजरायलले आफ्नो सेनालाई सशक्त बनाउँदै गएको छ । जस्तोसूकै सम्भावित आक्रमणलाई विफल तुल्याउन सक्ने गरी इजरायलले सैन्य क्षमता र कौशलमा वृद्धि गर्दै आएको हो ।
त्यसैको परिणामस्वरुप इजरायली महिलामध्ये धेरैजसो सेनामा आवद्ध भएका छन् । त्यहाँ सार्वजनिक स्थलमा सामान्य अवस्थामा घुमिरहेका महिलामध्ये पनि कयौं सैनिक हुन सक्छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्