गाउँकै पहिचान बनेको मुला बढ्दो आधुनिकताको मारमा परेको हो । अहिले मानिस मुला नकिन्ने मात्र होइन खेतीपाती समेत कम हुन थालेको छ ।
धौलागिरी अञ्चलमै मुला खेतीमा प्रख्यात टोड्केमा अहिले अन्न र नगद लिएर मुला किन्न जाने मानिस भेटिदैनन् ।
पहिले अर्थुङ्गे, बेनी, बराङ्जा, अर्मन, रत्नेचौर, पर्वतको मल्लाज, धाईरिङ र बागलुङबाट समेत मानिस मुला लिन जाने गर्नेमा अहिले त्यो क्रम रोकिएको छ । टोड्केमा स्थानीय रातो र सेतो जातको मुला उत्पादन हुने गर्दछ ।
त्यहाँको स्थानीयको मूख्य पेशा नै मुला र आलुखेती हो । मुला र आलु उत्पादनमा प्रख्यात टोड्केवासीले प्रचारप्रसारका लागि मेला÷महोत्सव पनि गर्दै आएका छन् ।
त्यहाँ पुग्ने पाहुनालाई मुलाबाटै बनाइएका अचार, मुलाका चाना, धजरा, सिन्की जस्ता सामग्री उपहार र मायाको चिनोका रुपमा प्रदान गर्ने चलन पनि छ ।









प्रतिक्रिया दिनुहोस्