२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


रत्न शाहको स्वास्थ्यमा ‘उल्लेख्य सुधार’, पूर्वराजा ज्ञानेन्द्र बुधबारदेखि तराई भ्रमणमा


0
Shares

काठमाडौं, फागुन २८ । पूर्वमुमा बडामहारानी रत्न शाहको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जनाइएको छ ।

रुघाखोकी लागेर अस्वस्थ्य भइ यही फागुन २१ गतेदेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत् ९१ वर्षीया रत्नको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले मंगलबार प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

स्वास्थ्यमा सुधार आएपनि उनी अझै एक हप्तासम्म अस्पतालमै बस्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनको छातीमा अझै संक्रमण देखिएको छ ।

आमा बिरामी भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह तराई भ्रमण छोट्याएर काठमाडौं फर्किएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र बुधबारदेखि तराई भ्रमणमा

पूर्वराजा ज्ञानेन्द्र बुधबारदेखि तराई भ्रमणमा जानेछन् ।

बुधबार धनुषा जाने पूर्वराजा ज्ञानेन्द्रले बिहीबार सर्लाहीको मलंगवामा, शुक्रबार धनुषाको जानकी मन्दिरमा, शनिबार उदयपुर, गाईघाटको राधाकृष्ण मन्दिरमा र आइतबार चैत ३ गते सप्तरीको छिन्नमस्ता मन्दिरमा पूजा–अर्चना गरेपछि दमक जाने कार्यक्रम रहेको छ ।

पूर्वरानी कोमल शाह भने सासूको स्याहारमा काठमाडौंमै रहने पारिवारिक स्रोतले बताएको छ ।