२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


मकवानपुरमा जन्तीबस दुर्घटना, दुईजनाको मृत्यु, १७ घाइते


0
Shares

हेटौंडा, फागुन २८ । मकवानपुरमा मंगलबार जन्ती बोकेको एक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटका विकास धमला र भक्तपुरका नवराज परियार छन् ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुरबाट कान्ति लोकपथ हुँदै जन्ती लिएर हेटौंडातर्फ जाँदै गरेको बा४ख २२१७ नम्बरको बस मकवानपुरको गढी गाउँपालिका–२, धरमपानीमा दुर्घटना भएको हो ।

बसमा २७ जना सवार रहेका जनाइएको छ ।

बस सडकबाट करिब २० मिटर तल खसेर रुखमा अड्किएको छ ।