
ट्रम्प प्रशासनले दक्षिणी चिनियाँ सामुद्रिक क्षेत्र लिनबाट चीनलाई रोक्ने जनाएपछि चिनियाँ विदेश मन्त्रालयको यस्तो भनाइ सार्वजनिक भएको हो ।
मन्त्रालयले त्यस क्षेत्रमा आफ्नो अधिकार रक्षा गर्न बेइजिङ दृढ रहेको स्पस्ट पनि पारेको छ ।
सोमबार (हिजो)मात्र ह्वाइट हाउसका प्रवक्ता सीएन स्पासरले दक्षिणी चिनियाँ समुद्रमा अमेरिकी हितलाई निश्चितरुपमा रक्षा गर्ने बताएका थिए ।
दक्षिणी चिनियाँ समुद्रको मुद्दामा अमेरिका कुनै पक्ष नभएको चीन सरकारको भनाइ छ ।
चिनियाँ सरकारी सन्चारमाध्यमले अमेरिकी कदमले विनाशकारी भिडन्त निम्त्याउने चेतावनी दिएको छ ।
ओबामा प्रशासनले त्यस क्षेत्रको विवादमा कुनैपनि पक्ष लिन अस्वीकार गरेको थियो ।
यद्यपि, गत वर्षमात्र अमेरिकाले त्यस क्षेत्रमा बी–५२ बमर र नौसैनिक ध्वस्त गर्ने यन्त्र पठाइएको थियो ।
प्राकृतिक स्रोत–साधन सम्पन्न दक्षिणी चिनियाँ समुद्रलाई विभिन्न मुलुकले आफ्नो दाबी गर्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्