Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


मंगलबार सेयर बजारमा उच्च गिरावट


0
Shares

बजार परिसूचक नेप्से २५ अंक बराबरले झरेर १४ सय ३२ मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लागे ।

बीमा समूहमा सबैभन्दा उच्च १ सय ४० अंकको गिरावट आयो । जलविद्युत् समूहमा ३० अंकको कमी आयो । वाणिज्य बैंक समूह पनि २५ अंकले झर्‍यो । विकास बैंक, वित्त र होटल समूहका सूचक पनि दोहोरो अंकले झरे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३० कम्पनीको ८ लाख ५३ हजार कित्ता सेयर ३८ करोड ५७ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।