६५औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर मंगलबार चेम्बरले गरेको कार्यक्रममा भ्याट दर घटाए २५ प्रतिशतले राजश्व बढ्ने दाबी गरेको छ ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार दरबन्दी समायोजन गर्नुपर्ने बताए । उनले भ्याटको दरबन्दी घटाए हाल उठ्दै आएको राजश्वमा २५ प्रतिशतले बढाउने दाबी गरेका हुन् ।
व्यवसायीले कम बिजुली खपत गर्ने सामाग्री ल्याउन खोज्दा भन्सारले सहयोग नगरेको गुनासो पनि गरेका छन् ।
कार्यक्रममा अर्थ मन्त्रालयका राजश्व सचिव राजन खनालले भन्सारमा वस्तुको ‘अन्डर भ्यालु’ भयो भन्ने व्यवसायीको गुनासोप्रति इंगित गर्दै अन्डर भ्यालु कर्मचारीले नभइ व्यवसायीले नै गरेको बताए ।
उनले पारदर्शीताका लागि बैंकिङ प्रणालीको आधारमामात्रै व्यापार गर्न पनि व्यवसायीहरुलाई आग्रह गरे ।
बैंकिङ प्रणालीबाट नगरेको लगानी, व्यापार खतरामा पर्नेतर्फ उनले सचेत गराए ।
भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले भन्सार दरबन्दी समायोजन गर्ने विषयमा छलफल गर्न सकिने बताए ।
उनले भन्सार प्रक्रियालाई सरलीकरण गरिरहेको भन्दै चालु आर्थिक वर्षभित्र १० ओटा भन्सार कार्यालयमा आसिकोडा वर्ल्ड लागू हुने बताए ।
भन्सारको क्षेत्रमा राम्रो काम गरेको भन्दै चेम्बरले भन्सार विभागका निर्देशक कुलराज ज्ञवालीलाई सम्मान गरेको छ ।









प्रतिक्रिया दिनुहोस्