२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘अलेप्पो बालिका’ अलाबेदले लेखिन् ट्रम्पलाई पत्र:‘अलेप्पो मृत शहर जस्तै बन्यो’


0
Shares

अलेप्पो बालिकाका नामले चिनिएकी अलाबेदले अलेप्पोबाट ट्वीट गरेका म्यासेजहरुपछि उनी विश्वभर परिचित बनेकी छन् ।

अलाबेदले ट्रम्पलाई सिरियाली बालबालिका पनि उनका बालबालिका जस्तै भएको र उनीहरुलाई पनि शान्ति चाहिने लेखेकी छन् ।

आफ्ना केही साथीहरु पनि मारिएको भन्दै अलाबेदले अलेप्पो अहिले मृत शहर जस्तै भएको उल्लेख गरेकी छन् ।

सिरियाली बालबालिकाका लागि ट्रम्पले केही गर्ने बाचा गरे उनी आफ्नो नयां साथी हुने उनको पत्रमा उल्लेख छ ।

गत डिसेम्बरमा द्धन्द्धग्रस्त अलेप्पोबाट स्थानीयलाई निकालिने क्रममा अलाबेद पनि आफ्नो परिवारसंग बाहिरिएकी थिइन् ।

उही अहिले टर्कीमा छिन् । अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग मिलेर काम गर्ने बताइसकेका छन् ।

पुटिनले सिरियाली राष्ट्रपति बशार अल असादलाई समर्थन र सहयोग गर्दै आएका छन् ।

असादको शासन विरुद्ध छ वर्ष यता चलेको गृहयुद्धका कारण सिरियामा ३ लाख भन्दा बढी मानिस मारिइसकेका छन् । (एजेन्सी)