२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


इजरायलले गर्‍यो पश्चिमी किनारामा यहुदी बस्ती निर्माणको घोषणा


0
Shares

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घरेलु आवश्यकता पूरा गर्न बस्ती निर्माण गर्नु परेको बताएका छन् ।

अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति बनेपछि इजरायलले दोस्रो पटक बस्ती विस्तारको योजना घोषणा गरेको हो ।

ट्रम्पले बस्ती निर्माणमा ओबामा प्रशासनभन्दा बढी सहानुभूति राख्ने संकेत गरिसकेका छन् । उनले यहुदी बस्ती विस्तारको कट्टर समर्थकलाई इजरायलका लागि राजदूतमा नियुक्त गरेका छन् ।

प्यालेष्टाइनले भने इजरायलको कदम शान्ति कायम गर्ने प्रयासमा गम्भीर धक्का भएको जनाएको छ ।

गत महिना मात्र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावमा इजरायलको पक्षमा भिटो प्रयोग नगरेको भन्दै ट्रम्पले ओबामाको आलोचना गरेका थिए ।

सुरक्षा परिषद्ले इजरायलले कब्जा गरेको प्यालेष्टाइनी जमिनमा बस्ती निर्माणको सबै कार्य तुरुन्त रोक्न आदेश दिएको थियो ।

सन् १९६७ मा इजरायलले प्यालेष्टाइनको पश्चिमी किनारा र पूर्वी जेरुशलम कब्जा गरेपछि त्यहाँ निर्माण गरिएको १ सय ४० वस्तीमा करीब ५ लाख यहुदी बस्दै आएका छन् । अन्तर्राष्ट्रिय कानुन अनुसार भने बस्ती निर्माण अवैध मानिन्छ । (एजेन्सी)