
चीनको गुवाङ्गडोङ्ग प्रान्तको हेयुआन सहरमा एउटा खाद्य गोदामको अन्न चोरी गरेको आरोपमा उक्त मुसालाई चारवटै खुट्टा बाँधेर झुण्ड्याइएको हो ।
एउटा ट्रलीमा बाँधेर झुण्ड्याइएको त्यो मुसासँगै एउटा पर्चा पनि टाँसिएको छ, जसमा लेखिएको छ– ‘अबदेखि त्यस्तो गर्दिन ।’
चिनियाँ माइक्रो ब्लगिङ्ग साइटमा उक्त मुसाको तस्वीर अहिले भाइरल भएको छ ।
उक्त गोदामका मालिक तिनचेइका अनुसार मुसासँगै लेखिएको नोट गोदाम कै कुनै कर्मचारीले टाँसेको हुनुपर्दछ । तर उनले एउटा सामान्य घटनाले यति ठूलो चर्चा पाइरहेकोमा भने आश्चर्य प्रकट गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्