Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


माथिल्लो त्रिशूली–१ द्वारा एक करोडको लागतमा ९ कोठे छात्रावास निर्माण


0
Shares

हाकुवेसीमा निमार्णाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले करिब एक करोड रुपैयाँको लागतमा छात्रावास निर्माण गरिदिएको हो ।

आयोजनाले निर्माण गरिदिएको छात्रावास बुधबार सदरमुकाम धुन्चेमा विद्यालयलाई हस्तान्तरण गरियो ।

छात्रावासमा विद्यार्थी बस्ने पाँचओटा कोठा, होस्टल इन्चार्ज कोठा, डाइनिङ, किचेन, स्टोर, दुईओटा बाथरुम र चारओटा शौचालय रहेका छन् ।

यस्तै, सोही आयोजनाले ४० लाख रुपैयाँको लागतमा राम्चे गाउँ विकास समितिका लागि निर्माण गरिदिएको ४ कोठे गाविस भवन पनि हस्तान्तरण गरिएको छ ।