Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


स्वदेशी लगानीमा जडिबुटी उद्योग स्थापना गर्न माग


0
Shares

स्वदेशी लगानीमा नै उद्योग स्थापना गर्न पनि उनीहरुको माग छ ।

अष्ट ज अभियान नेपालले बुधबार राजधानीमा गरेको कार्यक्रममा सहभागीले नेपाली जडिबुटी खरिद गरेर विदेशीले प्रशोधन गरी पुनः नेपालीलाई नै महँगोमा बिक्री गर्ने गरेको भन्दै स्वदेशमै उद्योग स्थापना गर्नुपर्ने बताएका हुन् ।

उनीहरुले कम ब्याजदरमा ऋण उपलब्ध गराइ उद्योग स्थापना गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले आयुर्वेदिक औषधियुक्त जडिबुटीको व्यवस्थापन गर्न ऐन बनाउन पनि माग गरेका छन् ।