Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


कांग्रेस नेता महतको कार्यक्रम बिथोल्न खोज्दा नुवाकोटमा झडप, रबरको गोली हानियो


0
Shares

स्थानीय तह पुनःसंरचनाप्रति असहमति जनाउँदै आएको समूहले नेपाली कांग्रेसका नेता डा. रामशरण महत सहभागी भएको कार्यक्रममा अवरोध पुर्‍याएपछि झडप भएको हो ।

दुई पक्षबीचको झडप रोक्नेक्रममा प्रहरीले झन्डै ५० राउन्ड रबरका गोली र दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।

रबरको गोली लागेर सूर्यमती गाउँ विकास समिति वडा नम्बर–२ का सुमन न्यौपाने र भरत गुणी घाइते भएका छन् । उनीहरुको शरीरबाट रबरका गोली भने निकालिएको छ ।

अश्रुग्यासका कारण विद्यालयभित्र रहेका थुप्रै विद्यार्थीहरु बेहोस भएका थिए ।

स्थिति तनावपूर्ण भएपछि अभिभावकहरु बालबालिका लिन विद्यालयसम्म जान पनि सकेका थिएनन् ।

प्रहरीले बल प्रयोग गर्दा पनि आन्दोलनकारी र महत पक्षबीच ढुंगा हानाहान भएको थियो ।

स्थानीय आन्दोलनकारीले लिखु गाउँपालिका हटाउन केन्द्रबाट भूमिका खेलेको आरोप डा. महतमाथि लगाएका छन् ।