Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


प्रधानमन्त्री कृषि आनुनिकीकरण अन्तर्गत पाँचथरमा तीन कार्यक्रम


0
Shares

आगामी १० वर्षसम्मका लागि सञ्चालन हुने परियोजनाअन्तर्गतका तीनवटा कार्यक्रम लागू हुने जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

जिल्लामा साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) लागू हुने भएका हुन् । परियोजनाअन्तर्गतको सुपरजोन देशका सातवटा जिल्लाका सातवटा बालीमामात्र लागू हुनेछ ।

पाँचथरमा भने अलैंची तथा अदुवा खेतीका लागि सो कार्यक्रम लागू हुने जिल्ला कृषि विकास कार्यालयले जनाएका छ । यो परियोजना स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि क्षेत्रको पहिलो परियोजनाको रुपमा लिइएको छ ।