२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


डोनाल्ड ट्रम्पको भनाइलाई मेक्सिकोले टेरेन, पर्खालका लागि खर्च नव्यहोर्ने


0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने आदेश जारीगरेसँगै उक्त पर्खालबापतको खर्च मेक्सिकोले पनि व्यहोर्नुपर्ने बताएका थिए ।

लगत्तै मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोले पर्खाल बनाउने अमेरिकी योजनाप्रति असहमति जनाएका हुन् । राष्ट्रका नाममा सम्बोन गर्दै उनले यसप्रकारको पर्खाल र घेराबन्दीमा आफ्नो मुलुक विश्वास नगर्ने बताए ।

उनले पर्खाल निर्माणमा मेक्सिकोले पनि खर्च गर्नुपर्ने ट्रम्पको भनाइलाई ठाडै अस्वीकार गर्दै त्यस्तो खर्च मेक्सिकोले नव्यहोर्ने बताए ।

राष्ट्रपति निएटोले जनवरी ३१ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निर्धारित भेट रद्द गरिएको वा नगरिएको भन्नेबारे खुलाएनन् । (एजेन्सी)