२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


0
Shares

नुवाकोट, फागुन २८ । नुवाकोटको विदुर नगरपालिका–५ च्वाँडीमा गएराति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने सामान्य घाइते भएका छन् ।

देवीघाटबाट विदुरतर्फ जादै गरेको बा६३प ५६३ नम्बरको मोटरसाइकल गएराति पौने ११ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो । विदुर नगरपालिका–९ लामाटारका १७ वर्षीय विनोद थापा मगरको त्रिशुली अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।

घाइते भएका पछाडी सवार विदुर नगरपालिका–१० सातबिसेका निमेश थापा मगरको सोही अस्पतालमै उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।