Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


पर्याप्त बजेट नहुँदा सम्पदाहरुको पुननिर्माणमा ढिलाइ


0
Shares

इमेज च्यानलसँग कुरा गर्दै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले समयमै बजेट नपाउँदा पुननिर्माणको काम प्रभावित भएको बताए ।

बजेट निकासामा ढिलाई भए पनि काठमाडौं र भक्तपुरका पुरातात्विक महत्वका सम्पदाहरु पुननिर्माणको काम सन्तोषजनक ढंगले अघि बढेको उनको भनाई छ ।

समयमै बजेट पाउने हो भने अबको ५ वर्षभित्र उपत्यकाका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदा पुरानै स्वरुपमा पुर्ननिर्माण गरिसक्ने पनि उनले बताए ।

विभागमा आवश्यक दक्ष जनशक्तिको अभावका कारण पनि सोचे अनुसारको काम गर्न नसकिएको उनले बताए ।

अन्य क्षेत्रको पुर्ननिर्माण जस्तो सम्पदा क्षेत्रको पुननिर्माण हतारमा गर्न नमिल्ने भएकाले आवश्यक विधि र प्रक्रिया अपनाउँदा केही ढलाई भएको उनको भनाई थियो ।

विभागका अनुसार अहिलेसम्म काठमाडौंको हनुमानढोका क्षेत्रका तलेजु भवानीको मन्दिर पुर्ननिर्माणको काम अघि बढेको छ । यस्तै, हनुमान ढोका क्षेत्रमै रहेको दश अवतार मन्दिरको निर्माणको काम पनि अघि वढेको छ ।