अपि पावरले आफ्नो दोश्रो आयोजनाको रुपमा दार्चुला जिल्लामा निर्माण गरिरहेको अपर नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माणका लागि बैंकहरुले उक्त लगानी गर्न लागेको हुन् ।
यो आयोजनाको कुल लागत रु.१४४ करोड हुने अनुमान छ । यस मध्ये रु.१०० करोड (७०%) बैंक ऋण र ४४ करोड (३०%) शेयरधनीको लगानी रहने छ ।
यसमा नेपाल एस.बि.आई. बैंकको अगुवाईमा प्रभु बैंक लिमिटेड समेतले रु.१०० करोड ऋण उपलब्ध गराउने सम्बन्धित सम्झौता भएको आयोजनाले जनाएको छ ।
आयोजना २०७४ साल चैत मसान्तभित्र सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा विद्युत आपूर्ति गरिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्