Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


रमपम झापा गोल्ड कपको तयारी पूरा, विजेताले सात लाख पाउने


0
Shares

प्रतियोगिता मूल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी सकिएको जनाएको हो ।

विर्तामोडको डोमालाल रंगशालामा हुने यो प्रतियोगिता मोफसलमा सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता हो ।

बिजेता टीमले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेता टीमले साढे तीन लाख रुपैयाँ पाउने छ ।

प्रतियोगितामा नेपालका ए डिभिजन आठ वटा क्लवसहित १० वटा टीम सहभागी हुने छन् ।

उद्घाटन खेल झापा ११ र भारतको सेर ए फुटबल क्लवबीच हुने छ । माघ २४ गतेसम्म हुने खेलको लागत ७५ लाख रुपैयाँ अनुमान गरिएको छ ।