Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


हल सिटीलाई पाखा लगाउँदै म्यानचेस्टर फाइनलमा प्रवेश


0
Shares

गएराति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा हल सिटी २–१ ले विजयी भयो । तर, पहिलो लेगमा २-० ले विजयी भएको म्यानचेस्टर युनाईटेड समग्रमा ३-२ को जित निकाल्दै फाइनलमा पुगेको हो ।

गएरातिको खेलमा हल सिटीका लागि टम हडलस्टन र नियासेले एक–एक गोल गरे । म्यानचेस्टर युनाईटेडका पउल पोग्बाले एक गोल फर्काएका थिए ।

म्यानचेस्टर युनाईटेडले अब उपाधिका लागि साउथह्याम्पटनसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा लिभरपुललाई स्तब्ध बनाउँदै साउथह्याम्पटनले फाइनलमा ठाउँ बनाएको थियो ।