
गएराति भएको खेलमा बार्सिलोनाले रियाल सोसिडाडलाई ५–२ को फराकिलो अन्तरमा पराजित गर्यो ।
पहिलो हाफमा एक गोलमात्रै गरेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल थपेको हो । बार्सिलोनाका लागि डेनिस सुवारेजले दुई गोल गरे भने लियोनल मेस्सी, अर्डा टुरान र लुईस सुवारेजले एक–एक गोल थपे ।
रियाल सोसीडाडका विलियन जोजे र हुँवान्मीले एक–एक गोल गरेका थिए । गएराति ५–२ ले विजयी भएको बार्सिलोना समग्रमा ६–२ को जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।
यसअघि पहिलो लेगको खेलमा बार्सिलोना १-० ले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्