Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


रोजर फेडेरर अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा


0
Shares

बिहीबार भएको पहिलो सेमिफाइनलमा आफ्नै देशका स्टान वावरिन्कालाई पराजित गर्दै फेडेरर वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका हुन् ।

मेलबर्न पार्क कोर्टमा भएको खेलमा फेडेररले तेस्रो वरियताका वावरिन्कालाई ७–५, ६–३, १–६, ४–६ र ६–३ को सेटमा पराजित गरे । १७ पटकको ग्रान्डस्लाम विजेता फेडररले वावरिन्कालाई पराजित गर्न ३ घण्टा ५ मिनेटको समय खर्चिएका थिए ।

फेडेरर सन् २०१० पछि पहिलो पटक अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा पुगेका हुन् । ४ पटकको अष्ट्रेलियन ओपन विजेता फेडेररको २८ औं ग्राण्डस्लाम फाइनल हो ।

अब फाइनलमा फेडेररले नवौं वरियताका स्पेनिस खेलाडि रफाईल नदाल र १५ औं वरियताका बुल्गेरियाका ग्रिगोर दिमित्रोभबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।