Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


विकास निर्माणमा सुस्तता, तीन पटक म्याद थप्दा पनि पुल निर्माण अधुरै


0
Shares

ठोक्सिला–तपेश्वरी सडक खण्डमा पर्ने गिदेरी खोला पुल र बेल्टार सिवाई सडक खण्डमा पर्ने त्रियुगा नदीको पुल निर्माण शुरु भएको वर्षौं बित्दासमेत २५ प्रतिशतमात्र काम भएको छ ।

२०६७ सालमा महालक्ष्मी लोकप्रिय जेवीले सिवाई त्रियुगा पुल निर्माणको ठेक्का पाएको थियो । उसले २०७० सालमै पुल निर्माणको काम सक्ने गरी जिम्मेवारी लिएको हो ।

तर, तेस्रो पटक म्याद थप गरेर २०७४ सालमा आयोजना सम्पन्न गर्ने जनाए पनि कामको गति सुस्त हुँदा स्थानीयले काम सकिनेमा आशंका व्यक्त गरेका छन् ।

त्यस्तै ठोक्सिलादेखि तपेश्वरी जोड्ने गिदेरी खोला पुल २०७४ मा सम्पन्न गर्नेगरी सम्झौता भए पनि हालसम्म २० प्रतिशत मात्र काम भएको छ ।