Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार


0
Shares

कन्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक विष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारी कात्तिकको तेस्रो साता वैदेशिक रोजगारीका लागि कतार गएका थिए ।

काठमाडौंको अवतार ह्युमन रिसर्च मेनपावर कम्पनीलाई प्रतिव्यक्ति रु दुई लाख ६० हजार बुझाएर कतार पुगेका उनीहरु काम नपाएर बेरोजगार भएका थिए ।

तीन महिनासम्म काम नपाएपछि उनीहरुले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी उद्धारका लागि अनुरोध गरेका थिए ।

पीडितको अनुरोधपछि प्रधानमन्त्री कार्यालयले परराष्ट्र र श्रम मन्त्रालयसँग समन्वय गरी अलपत्र नेपालीलाई नेपाल झिकाउन कूटनीतिक पहल गरेको थियो ।

त्यसलगत्तै कतारमा रहेका नेपाली दूतावासले थप पहल गरी उनीहरु माघ ११ गते नेपाल आइपुगेका हुन् ।

नेपाल फर्काएपछि प्रधानमन्त्री कार्यालयले पीडितले मेनपावरमा भुक्तान गरेको पैसा फिर्ता दिलाउने पहल थालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । रासस