फाइल फोटो
सांसद दुलारी हरिजनले पूर्व–पश्चिम राजमार्गको नवलपरासी खन्डमा रहेका पुल जीर्ण भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै मुलुकभरका अस्पतालका चिकित्सक र अन्य कर्मचारीको बोली–व्यवहार मीठो हुनुपर्ने धारणा राखिन् ।
सांसद धनबहादुर रायमाझीले भूकम्पपीडित जनतालाई प्रतिबद्धता गरेअनुसारको राहत हालसम्म उपलब्ध गराउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद नरबहादुर थापामगरले गत साउनमा बागलुङमा बाढी–पहिरोबाट ठूलो जनधनको क्षति भएको जानकारी सरकारलाई भएपनि हालसम्म प्रभावकारीरुपमा राहतका कुनै काम नभएको गुनासो गरे ।
सांसद पुरुषोत्तम पौडेलले मुलुकको सीमामा भएको हस्तक्षेप र जनताले दुःख पाएको समाचार दिनहुँ आएपनि सरकार मौन रहेको टिप्पणी गरे ।
सांसद पाँचकर्ण राईले खोटाङमा स्थानीय तह पुनःसंरचना सम्बन्धमा सर्वसम्मतिले पठाएको निर्णयलाई आयोगले गाउँपालिकालाई छिन्नभिन्न हुने गरी प्रतिवेदन गरेकोमा आपत्ति जनाउँदै यसप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रतिक्षा तिवारीले भूकम्प गएको लामो समय बितेपनि विशेषरुपमा महिला वर्ग अझै असुरक्षित भएर बस्न बाध्य हुनुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद प्रेमबहादुर आले डोटीमा रहेका विमानस्थल निर्माण र सन्चालनमा सरकारले तदारुकताका साथ काम गर्नुपर्ने धारणा राखे । रासस





प्रतिक्रिया दिनुहोस्