Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


घाटामा हुनेले बोनस वितरण गर्न हुँदैन : अर्थमन्त्री


0
Shares

अर्थमन्त्री कृष्णबहादुर महराले शुक्रबार सदनमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए ।

सो विधेकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले घाटामा जाने प्रतिष्ठानले पनि लाभान्स वितरण गर्नेजस्ता विकृति रोक्न सरकारले यस्तो विधेयक ल्याएको बताए ।

उनले भने–‘जसले नाफा कमाउने हो, त्यसलेमात्र बोनस वितरण गर्न हो, घाटामा हुनेले बोनस वितरण गर्न हुँदैन, घाटामा जानेले पनि वितरण गर्ने विकृतिलाई रोक्न सरकारी प्रतिष्ठानलाईमात्र केन्द्रित भएर विधेयक ल्याइएको हो ।’

विधेयकमाथिको सामान्य छलफलमा सांसद चुडामणि जंगली, प्रेम सुवाल, पेम्बा लामाले अर्थमन्त्रीसँग प्रश्न गरेका थिए । रासस