२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


हतियार देखाएर जनता तर्साउने समय गइसक्यो : प्रहरी महानिरीक्षक


0
Shares

नवलपरासी, फागुन २७ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हतियार देखाएर जनतालाई तर्साउने समय गइसकेको बताएका छन् ।

सोमबार पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११, जर्गाहामा सर्पदंश उपचार केन्द्रको र प्रहरी युक्ति महाविद्यालयमा निर्माण गरिएको भवनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई इंगित गर्दै खनालले हतियार देखाएर जनता तर्साउने सोच नराख्न सुझाव दिए ।

अपराधिक मानसिकता बोकेकाहरुलाई जहाँबाट भएपनि समातेर कानुनी दायरामा ल्याउन प्रहरी निरन्तर लागिपरेको उनले बताए ।