
सन्चारमन्त्री राम कार्कीले उक्त कृतिको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा सन्चारमन्त्री कार्कीले सर्जकहरुलाई मरोपरान्त होइन, जिउँदोमै सम्मान गर्ने परिपार्टी बसाल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले कविता हृदयलाई छुनेखालको हुनुपर्नेमा जोड दिँदै कवि शम्भुकुमारको यात्राकाव्य पठनीय भएको बताए ।
६ ओटा सर्गहरुमा विभक्त यात्राकाव्यमा कविको जापान यात्राको सन्दर्भ र अनुभूतिलाई पद्यात्मक अभिव्यक्तिमा उतारिएको छ । दृष्टिविहीन कवि शम्भुकुमारको यो नवौं कृति हो ।
गीतिसंग्रहहरु सौगात, अस्तित्व र कवितासंग्रह यात्रा, धोको, जिजीविषालगायतका कवि शम्भुकुमारका आठओटा कृतिहरु बजारमा आइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्