Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


नदाल र फेडेरर उपाधिका लागि भिड्ने, महिला उपाधिका लागि दिदी–बहिनीबीच भिडन्त


0
Shares

सेमिफाइनलमा आफ्नै राष्ट्रका स्टानिस्लास वावरिन्कालाई पराजित गर्दै स्वीस खेलाडी फेडेरर तथा बुल्गेरियन खेलाडी ग्रिगोर दिमित्रोभलाई हराउँदै स्पेनिस खेलाडी नदाल फाइनलमा पुगेका हुन् ।

शुक्रबार नदालले खेल ६–३, ५–७, ७–६, ६–७ र ६–४ ले जिते ।

आइतबार हुने फाइनल भिडन्त भने निकै रोमान्चक हुने अनुमान गरिएको छ । पछिल्लो समय घाइते भइ दुबै खेलाडीहरु कोर्टमा उपस्थित भएका थिएनन् ।

फेडेररले १७ तथा नदालले १४ ग्रान्डस्लाम टेनिस जितेका छन् ।

महिलामा दिदी–बहिनीको भिडन्त
महिला एकलको उपाधिका लागि अमेरिकन दिदी–बहिनीहरु भेनस र सेरेना विलियम्स शनिबार भिड्दैछन् ।