Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ३८ पुग्यो


0
Shares

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।

आज(शनिबार) प्रदेशका ७ जिल्लाका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबैजना सम्बन्धित पालिकाको क्वारेन्टिनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २ र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच कास्कीको मादी गाउँपालिकामा ट्राभल हिस्ट्री बिना नै १९ महिनाका शिशु कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

भारतमा रहेका शिशुबा बाबु केही दिनअघि स्वदेश पर्किएर क्वारेन्टिनमा बस्दै आएको र आमा पनि लकडाउनपछि गाउँ नछोडेपनि शिशुलाई कोरोना भएको गाउँपालिकाले जनाएको छ ।