२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


प्याब्सनमा पुरी समूहको उम्मेदवारी घोषणा


0
Shares

काठमाडौं, फागुन २७ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को पेसागत व्यावसायिक समूहका तर्फबाट अध्यक्ष पदका उम्मेदवार टीकाराम पुरी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेशसहित सबै पदका उम्मेदवारको घोषणा गरिएको हो ।

प्याब्सनको लोकतान्त्रिक समूहबाट भने अध्यक्ष वीके ढुंगाना समूहले यसअघि नै आफ्नो उम्मेदवारी घोषणा गरिसकेको छ ।

काठमाडौंमा हुने प्याब्सनको १४औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ ।

सबै उम्मेदवारले सोमबारै मनोनयन दर्ता गर्नेछन् ।

मंगलबारदेखि सुरु हुने अधिवेशन तीन दिनसम्म चल्नेछ ।