Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


निर्वाचनलाई साझा सर्तका रुपमा ग्रहण गर्नुपर्छः सभापति देउवा


0
Shares

नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने-“संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलले निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ ।”

सरकारले निर्वाचनको सबै आधार छिटो तय गर्नुपर्नेमा जोड दिँदै उनले ‘दलहरुबीच सहमति बन्यो भने छोटो समयभित्र पनि निर्वाचन हुनसक्छ भने ।

एक अर्को प्रश्नको जवाफमा सभापति देउवाले संविधान संशोधन प्रस्ताव निर्वाचन अघि पनि पारित हुनसक्ने तर, त्यसो भएन भने प्रक्रियामा राखेर निर्वाचन जसरी पनि गराउनुपर्छ भने।

उनले पार्टी अहिले एक ढिक्का भएर सङ्गठन विस्तारमा लागिरहेको बताए ।

स्थानीय निकायको निर्वाचनमा आप्mनो दलले विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उनले यसका लागि पार्टीपङ्क्ति अहिले सङ्गठन विस्तारका लागि सक्रिय रहेको छ भने । रासस