फाइल फोटो
तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा शनिबार बसेको मोर्चाको बैठकले संविधान संशोधनलगायतका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको हो ।
प्रमुख दलहरु संविधान संशोधनभन्दा पनि निर्वाचनमा बढी केन्द्रित भएको भन्दै मोर्चाले संशोधनका लागि अल्टिमेटम दिएको हो ।
दलहरु आफूहरुका माग पूरा गराउनेभन्दा पनि निर्वाचनमामात्र केन्द्रित भएको भन्दै आन्दोलन गर्ने चेतावनी मोर्चाले दिएको छ ।
मोर्चाले माग पूरा नभए फागुनदेखि सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।
बैठकले आफूहरुको सहमतिविपरीत स्थानीय निकाय पुनःसंरचना आयोगले प्रतिवदेन दिएकाले स्थानीय तहमा दबाब दिने निर्णयसमेत गरेको छ ।
माघ २३ गते सरकारलाई दबाब दिन मोर्चाले जनप्रदर्शन र कोणसभा गर्ने निर्णय पनि गरेको छ ।





प्रतिक्रिया दिनुहोस्