
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिर्वतनका कारण मानव जीवन प्रभावित बन्दै गएको बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयले आज काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री बस्नेतले जलवायु परिर्वतनको असर न्यूनीकरणतर्फ केन्द्रीत नभए त्यसले सिंगो मानव जीवन प्रभावित हुने बताए ।
जलवायु परिर्वतनको असर न्यूनीकरणका उपायको खोजी गरेर सयमै सावधानी अपनाउनुपर्ने उनको भनाइ थियो ।
वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले वातावरण विनाश हुँदा मानव जीवनसमेत विनास हुने खतरा बढ्दै गएकाले यसको रोकथाम गर्न मन्त्रालयले विशेष योजना बनाएर अघि बढेको जानकारी दिए ।
वातावरणको संरक्षण र जलवायु परिर्वतनको असर र न्यूनीकरणका उपाय बारेमा स्थानीय स्तरमासमेत छलफल हुनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिले भने बजेटको अभावमा वन तथा वातावरणका क्षेत्रमा काम गर्न नसकेको गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्