Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


झापा गोल्डकप फुटबलमा आयोजक झापा–११ को शानदार सुरुआत


0
Shares

झापाको डोमलाल राजवंशी रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा झापाले भारतको शेर ए फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

झापालाई जिताउन सन्जोग राई, बुद्ध चेम्जोङ, पुजन उपरकोटी, कर्ण लिम्बू र पिटर सेगुनले एक–एक गोल गरे ।

खेलको ‘म्यान अफ द म्याच’ झापाका सन्जोग राई घोषित भए ।

प्रतियोगिताको दोस्रो खेलमा आइतबार एनआरटी र नेपाल पुलिस क्लब भिड्नेछन् ।