२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


नेपालमा रहस्यमय यान देखिएको अमेरिकी गुप्तचरको दाबी


13
Shares

अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी (सीआइए) ले आफ्नो एक दस्तावेजमा यस्तो दाबी गरेको हो । हालै सार्वजनिक सो दस्तावेज अनुसार सन् १९६८ मार्च २५ मा पोखरा नजिकै त्यस्तो यान देखा परेको हो । रातको समयमा देखिएको सो यान निकै चम्किलो रहेको बताइएको छ ।

त्यस्ता यान भारतको लद्दाख, सिक्किम लगायतका क्षेत्रमा पनि देखिएको बताइएको छ । त्यस्तै भुटानमा पनि रहस्यमय यान देखिएको दाबी गरिएको छ ।

सीआइए र अमेरिकी वायुसेनाले ‘अन आइडेन्टीफाइड फ्लाइङ्ग अब्जेक्ट’ (युएफओ) का बारेमा सन् १९५० देखि ६० को दशकमा निकै गम्भीर प्रतिवेदन बुझाएका थिए ।

सोही क्रममा नेपालमा कास्कीको बाल्टीचौर आसपास आकाशमा रातको समयमा चम्किलो एउटा यान देखिएको थियो । प्रतिवेदनअनुसार करिब ६ फिट आधार र ४ फिट उचाइको सो यान केहीबेर देखिएको हो ।

नेपाल, भारत, भुटान लयातका क्षेत्रमा फरक–फरक मिति र समयमा देखिएका यी यानबारे सीआइए कस्तो नतिजामा पुगेको छ भन्ने प्रष्ट भइसकेको छैन ।

सीआइएले हालै उक्त प्रतिवेदनसहित ९ लाख ३० हजार दस्तावेज अनलाइनमा प्रकाशित गरेको हो । दस्तावेजमा सन् १८६८ मा दक्षिण एसियाका भारत, नेपाल र भुटानमा गरी ६ पटक त्यस्ता यान देखिएको उल्लेख छ । (एजेन्सी)