उनले वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमति मार्फत शान्ति, विकास गर्न सके मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने उल्लेख गरेकी छिन् ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधान कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन शहीदको सपना र योगदान सधैं प्रेरणादायी हुने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले दिएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरंकुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने शहीदको योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन् ।
राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउने गरी उपयोग गर्न तथा यसमा सबै नेपालीले अपनत्व महशूस गर्ने गरी सहकार्यका साथ अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना उनले गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्